संक्षिप्त परिचय

महोत्तरी नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईकेा पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।
थप पढ्नुहोस्
Skip to toolbar